७ कार्तिक २०८३, शनिबार

राशिफलः कन्या लग्नका स्वामी, शुभ रत्न एवम भाग्योदय वर्ष

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kanya-rashi

कन्या लग्नका स्वामी बुध हुन् । यस लग्नको मानिस मध्यम कदको, कोमल शरीर, सुन्दर र आकषर्क आख लामा नाक, चर्का बोली हुनेछ । जातक प्रियभाषी, हर कार्यमा सरिक, सहयोगी, लाजमान्ने स्वभाव, नम्र र नियम, नीति अनुसार कार्य गर्न तत्पर रहनेछ ।

यस्ता मानिस कल्पनाशील, सुक्ष्मदर्शी र संवेदनशील स्वभावको हुनेछन् । शान्त चित्त, एकान्तप्रिय, अनेक विषयमा पारंगत, धेरैजसो यात्रामा जान मन पराउने, कठिन एवं प्रतिकुल परिस्थितिमा पनि आफूलाई ढाल्न सक्ने सामथ्र्य भएको मानिस हुनेछन् ।

संगीत, कला, साहित्यमा विशेष ध्यान राख्नेछन् ।

द्विस्वभाव परिवर्तनशील प्रकृतिको हुनाले एकै विषयमामात्रै चिरकाल स्थिर रहने छैनन् । बुध र शुक्रका शुभ योग भएमा लेखा–गणित, संगीत कला, अध्यापन, लेखन, क्रय–विक्रय आदिमा विशेष रुचि राख्दछन् ।

स्मरणशक्ति राम्रो हुनुका साथै अध्ययनशील व्यक्ति हुनेछन् । शुभ रत्न पन्ना हो । भाग्योदय वर्ष २५, ३२, ३५, ३६ र ४२ रहनेछन् ।

ज्योतिषाचार्यः डा. सुनिल सिटौला