धनकुटा, १६ असार । गएराति परेको अबिरल वर्षाका कारण धनकुटाको बुढीमोरङ–८ लावरवोटेस्थित कोसी राजमार्गमा पहिरो खसेको छ । पहिरोका कारण बिहान केही समय राजमार्ग अवरुद्ध भएको थियो ।
प्रहरी र स्थानीयवासीले पहिरो नजिकबाट वैकल्पिक बाटो बनाएपछि अहिले राजमार्गमा एकोहोरो सवारी आवतजावत भएको छ । राजमार्ग खुलाउन स्काभेटर बोलाएर पहिरो पन्छाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । रासस















प्रतिक्रिया