३१ आश्विन २०८३, शनिबार

एनसेल फाउन्डेसनद्वारा बाढीपहिरो पीडितलाई राहत वितरण

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ असोज । असोज ११ र १२ गते परेको अविरल वर्षापछिको बाढी र पहिरो पीडितहरूलाई एनसेलले राहत वितरण गरेको छ ।

एनसेल फाउन्डेसनले ललितपुरको गोदावरी नगरपालिकाका पीडित परिवारहरूलाई राहत वितरण गरेको हो । एनसेल फाउन्डेसनले गोदावरी नगरपालिकामा बाढीपहिरोले धेरै क्षति पुर्‍याएका पाँचवटा वडाहरू वडा नम्बर ४, ७, ८, १० र १३ का करिब दुईसय परिवारलाई राहत सामग्री वितरण गरेको छ ।

“संकटको समयमा हामीले समुदायलाई साथ दिनु हाम्रो कर्तव्य हो । हामी सबै एक ठूलो परिवारको रूपमा जोडिएका छौं,” एनसेलकी कर्पोरेट कम्यूनिकेसन्स् एण्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्काले भन्नुभयो ।

राहत वितरण कार्यक्रममा गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले विपद्को कठिन घडीमा एनसेल फाउन्डेसनबाट नगरपालिकाका विभिन्न वडाका पीडिहहरुलाई आएको राहत एकदमै ठूलो सहयोग रहेको बताउनुहुँदै एनसेलप्रति आभार व्यक्त गर्नुभयो ।

गोदावरी नगरपालिका र कर्मयोग फाउन्डेसनसँगको सहकार्यमा एनसेलका कर्मचारीहरूले प्रभावित वडाहरुमा पुगेर पीडित परिवारलाई राहत सामग्री हस्तान्तरण गर्नुभएको हो । राहत सामग्रीमा खाद्यान्न, भान्सामा प्रयोग हुने भाडाकुडाहरु, हाईजिन किट, ब्याल्ङ्केट र म्याटलगायतका सामानहरु रहेका छन् ।

एनसेल फाउन्डेसनले विभिन्न सामाजिक कार्यहरु गर्दै ग्रासरुट लेभलमा आवश्यक सहयोग पु¥याउँदै आएको र भविष्यमा पनि आपत् विपद्मा सहयोग पु¥याउन तत्पर रहेको एनसेलकी कर्पोरेट कम्यूनिकेसन्स् एण्ड सीएसआर हेड खड्काले बताउनुभयो ।

सरकारका सम्बन्धित निकाय र साझेदारहरूसँग सहकार्य गर्दै राहत वितरणका साथै विपद् प्रतिकार्यमा अन्य के गर्न सकिन्छ भनेर काम गरिरहेको पनि उहाँले जानकारी दिनुभयो ।