२८ असार २०८३, आइतबार

उत्साह र त्रासकाबीच काठमाडौं छाड्नेहरुको ताँती (तस्वीरहरु)

826
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ असोज । हिन्दुहरुको महान पर्व बडादशैं सुरु भएसँगै काठमाडौंको गंगबुस्थित नयाँ बसपार्कबाट गाउँ जानेहरुको भीड बढेको छ । बाढी र पहिरोका कारण राजमार्गहरु असहज भएपनि गाउँ जानका लागि बिहानैदेखि यात्रुहरुको चहलपहल देखिन्छ ।

सरकारले सोमबारदेखि नै रुट परमिट खुला गरिदिएपछि व्यवसायीहरुले जोखिम मोलेरै भएपनि सवारी साधनहरु सञ्चालनमा ल्याएका छन् । यात्रुहरु उत्साह र त्रासकाबीच यात्रामा निस्किएका छन् । यसपालीको दशैंमा १८ लाखभन्दा बढी मानिसहरूले काठमाडौं छाड्ने अनुमान गरिएको छ ।