२२ असार २०८३, सोमबार

राप्रपामा विभाग प्रमुखहरूको जिम्मेवारी हेरफेर

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का विभाग प्रमुखहरूको जिम्मेवारी हेरफेर भएको छ ।

अध्यक्ष राजेन्द्र लिङ्देनले बिहीबार पार्टीकाका विभाग प्रमुखहरूको जिम्मेवारी हेरफेर गरेको राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो । पार्टीको विधान बमोजिम केही विभाग प्रमुखको जिम्मेवारी हेरफेर भएको श्रेष्ठले बताउनुभयो ।

वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङलाई संगठन विभाग प्रमुख, वरिष्ठ नेता उपाध्यक्ष ध्रुबबहादुर प्रधानलाई स्थानीय तह परिचालन विभाग प्रमुख र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई राजनीतिक विभाग प्रमुख तोकिएको छ ।

यस्तै, पर्यटन विभागको प्रमुखमा सहायक महामन्त्री विजय खड्का, विपद व्यवस्थापन विभागको प्रमुखमा केन्द्रीय सदस्य उद्धव थापा, सूचना प्रविधि विभागको प्रमुखमा केन्द्रीय सदस्य उद्धवराज भेटवाललाई तोकिएको छ । केन्द्रीय सदस्य केदार न्यौपानेलाई लेखा समितिको प्रमुख बनाइएको छ ।