४ कार्तिक २०८३, बुधबार

सञ्चारमन्त्री रिजालले किन भुले आफ्नो मर्यादा ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

minendra-rijalकाठमाडौं, १६ असार । ‘तिमी यो दुनियाँको सबभन्दा बेबकुफ ? तिम्रो त मुख पनि हेर्न मन थिएन । तर दुर्भाग्य आजै मुख हेर्नुपर्यो ।’ हुँदाहँदा ती अधबैंशेलाई मुखै छाडे, ‘तिमी के को आसमा त्यो ‘जाँ’..’ को तलुवा चाट्न पुग्यौ ?’

मध्येरात मदिराले झूम भएपछि सञ्चारमन्त्री मिनेन्द्र रिजालले यस्तो तमासा देखाएका हुन् धुलिखेलमा । सबको सामु उनको गालि खाँदै थिए, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. पीताम्बर शर्मा ।

धुलिखेल रिसोर्टमा केही साता अघि स्थानिय विकास मन्त्रालयले एउटा कार्यक्रमको आयोजना गरेको थियो, ‘संघीयतापछिको स्थानिय संरचना सम्बन्धी ।

विभागिय मन्त्री प्रकाशमान सिंह अनुपस्थित भएपछि सञ्चारमन्त्री प्रमुख अतिथिका रुपमा निम्त्याइएको समाचार जनआस्था साप्ताहिकले छापेको छ ।

उनीसँगै अतिथिका रुपमा एमाले मुख्य सचेतक अग्नि खरेल थिए । संघीयतापछि स्थानीय निकायको संरचना विषयमा मन्त्रालयका सचिव डा.सोमलाल सुवेदी र नेत्र भूर्तेलले कार्यपत्र पेश गरे ।

त्यही कार्यपत्रमा टिप्पणी गर्न अमेरिकाका लागि नेपालका पूर्व राजदूत डा शंकर शर्मासँगै डा पीताम्बर शर्मा पनि निम्त्याइएका थिए । बिचरा पिताम्बरले राज्यको निम्तो मात्र खाएनन् जिम्मेवार मन्त्रीको मुखबाट ‘मा‘मु‘जाँ..’ जस्ता यहाँ लेख्न नमिल्ने शब्दको गाली पनि खाए ।

स्थानिय निकायको आगामि स्वरुप पहिचान युक्त हुनुपर्ने धारणा पीताम्बरले राखेका थिए ।

अर्थात मधेसीजनजाति सहित एमाओवादीहरुले उठाएकै एजेण्डालाई टेकेर उनले बोले । उनको कुरा सुनेर मञ्चमै मिनेन्द्रले मुख बिगार्न थालिसकेका थिए । कार्यक्रम सकिएपछि मिनेन्द्र बार छिर्न आनाकानी गर्दै थिए ‘जान हतार भन्दै’ ।

पछि चियामात्रै पिउँछु भन्दै बारतिर लागेका उनले अलिक कडै चिया पिए । आँखा रातोरातो हुन थालेपछि पीताम्बर तिर हरे ।

पीताम्बर चाँही मिनेन्द्रलाई उति मतलब नगरि बसेका थिए । केहीबेरमै मिनेन्द्र पिताम्बर नजिकै पुगे । शिष्टाचारको कुनै कुरा बोलेनन् एकैचोटी गालि गर्न थाले ।

मीनेन्द्रले मुख छोडेर बोलिरहे पीताम्बर सुनिरहे । वरिपरिका मानिसहरु छक्क परेर दृष्य हेर्दै थिए । तर पीताम्बरले केही जवाफ फार्काएनन् ।

‘तिमी पहिले एमालेमा थियौ त्यहि ठस्क थियौ । तर बाबुरामको तलुवा चाटेर राष्ट्रिय योजना आयोगको उपाध्यक्ष हत्याउन पुग्यौ, छिःछिःछि ।