४ कार्तिक २०८३, बुधबार

साना हतियार कसरी युवाका लागि फेसन बन्दै छ ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pestolकाठमाडौं, १६ असार ।

७ जेठ : पूर्वलडाकु विनोद कट्टेल र उनका साथी दुर्गासिंह गुरुङ बालाजुस्थित चियापसलबाट पक्राउ, उनीहरूबाट एक पेस्तोल बरामद

५ असार : भारतबाट ल्याएर काठमाडौं तथा चितवनलगायत ठाउँमा पेस्तोल बेच्ने धादिङका वेगबहादुर तामाङ, सम्राट राई, सुनील तामाङ र सन्देश तामाङ दुईवटा अत्याधुनिक पेस्तोलसहित पक्राउ

१४ असार : ककनीबाट निजी कारमा काठमाडौं फर्कंदै गरेका चार युवक गोलढुंगामा पेस्तोलसहित पक्राउ । पाँचवटा गोली लोड भएको पेस्तोल जयबहादुर रोकायले कम्मरमै भिरेका थिए ।

राजधानीमा साना हतियार बरामदका पछिल्ला घटना हुन् यी । यसले साना हतियार कसरी युवाका लागि फेसन बन्दै छ भन्ने देखाएको छ ।

केहीले आपराधिक उद्देश्यले पेस्तोल बोक्ने भए पनि केही युवाले भने फेसनका रूपमा पेस्तोल राख्न थालेको प्रहरीले जनाएको छ ।

साना हतियारप्रति भर्खरै गुन्डागर्दीमा लागेकाहरू, ठेकेदार, दलका कार्यकर्ता र अवैध काम गर्नेको मोह बढेको छ ।

पुराना गुन्डाले भने हतियार लुकाएर राखेको प्रहरीको सूचना रहेको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।

साना हतियार नियन्त्रणमा प्रहरीले बलियो संयन्त्र नबनाउँदा बिगबिगी बढ्दै गएको छ ।

साना हतियार पनि सुरक्षामा प्रमुख चुनौती भएको र नियन्त्रणका लागि आफूहरूले अप्रेसनको तयारी गरिरहेको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनाल बताउँछन् ।

बा.६च ११५ नम्बरको मारुती कारमा सवार चार युवा ककनीबाट फर्कंदै गर्दा प्रहरीको चेकिङमा परे ।

गाडी प्रहरीले खानतलासी गरेलगत्तै उनीहरू भाग्न खोजेका थिए । पेस्तोल बोकेर हिँडेका उनीहरू पक्राउ पर्ने डरले भाग्न खोजेका थिए ।

प्रहरीले नियन्त्रणमा लिएर खानतलासी गर्दा जयबहादुर रोकायको कम्मरमा पाँचवटा गोली लोड गरिएको पेस्तोल बरामद भएको थियो ।

उनीसहित सुमन तामाङ, प्रेमप्रकाश बुढामगर र गन्जबहादुर मगर पक्राउ परेका छन् ।