डडेल्धुरा, २५ जेठ । नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले काँग्रेसको १३औँ राष्ट्रिय महाधिवेशन समयमै हुन नसक्ने बताउनुभएकोे छ ।
गृह जिल्ला डडेल्धुरा आइपुग्नुभएका नेता देउवाले आइतबार प्रेस युनियनद्वारा आयोजित पत्रकार सम्मेलनमा आगामी भदौमा महाधिवेशन हुनुपर्ने भए पनि तयारी अभावका कारण सारिने जिकिर गर्नुभयो । “सरकारको गति सुस्त किन” भन्ने सञ्चारकर्मीको जिज्ञासामा नेता देउवाले सरकारको संरचना संयुक्त भएकाले गति सुस्त देखिएको बताउनुभयो ।
निर्धारित समयमा नै संविधान बन्ने जिकिर गर्दै नेता देउवाले विवादित विषय सहमतिका माध्यमबाट अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो ।













प्रतिक्रिया