४ कार्तिक २०८३, बुधबार

बिरोधका बिच संविधानको मस्यौदा आयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Savamukha-Subas-Nembangकाठमाडौं, १६ असार । मधेसी दलहरुको बिरोधबीच बहुप्रतीक्षित संविधानको मस्‍यौदा मंगलबार संविधानसभामा प्रस्तुत भएको छ।

संविधानको मस्‍यौदामा सत्ताधारी कांग्रेसका केही सदस्‍यले पनि विरोध गरेको समाचार अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

निर्धारित तालिकाअनुसार सोमबार प्रमुख चार दलबीचको किचलोका कारण पेस गर्न नसकिएको मस्यौदा मंगलबार सामान्‍य हेरफेरपछि संविधानसभामा पेस गरिएको हो।

मधेस केन्द्रित दलको असहमतिबीच मस्‍यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले एकिकृत मस्‍यौदा र त्‍यसमा राखिएका फरक मतको छुट्टाछुट्टै प्रतिवेदन एकसाथ संविधानसभा बैठकमा पेश गरेका थिए

सर्वोच्‍च अदालत र संवैधानिक निकायका पदाधिकारीको पुर्ननियुक्तिको विवाद मस्‍यौदामा खाली राखिएको छ।

एमाओवादी अध्‍यक्ष पुष्‍पकमल दाहालको आपत्तिलाई सम्‍बोधन गर्दै समितिका सभापति सिटौलाले केही हेरफेर गरेपछि एमाओवादीले विरोध फिर्ता लिएको थियो।

तर संविधानसभामा मस्‍यौदा पेस हुनेबित्तिकै फोरम लोकतान्त्रिकबाहेक मधेस केन्द्रित दलका सदस्‍यहरुले त्‍यसको प्रति च्‍यातेर विरोध प्रदर्शन गरे भने कांग्रेसका वरिष्ठ सदस्‍य प्रदीप गिरीले आफूलाई बोल्‍न नदिएकोमा सभा बहिष्कार गरे।