२९ आश्विन २०८३, बिहिबार

विवादबीच सकियो प्रेस युनियन भक्तपुरको अधिवेशन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

press-union

भक्तपुर, २५ जेठ । विवाद नै विवादबीच नेपाल प्रेस युनियन भक्तपुरको एक पक्षले शाखाको पाँचाँै जिल्ला अधिवेशन गरी जगतकृष्ण प्रजापतिलाई अध्यक्षमा चयन गरेको छ ।

अध्यक्ष चयनपछि आफू, पूर्वअध्यक्ष केदार खड्कासहित आज बसेको बैठकले अन्य पदाधिकारी र पार्षद् चयन गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । शाखा उपाध्यक्षमा मणिराम लामिछाने, सचिवमा रामकृष्ण शङ्खदेव, कोषाध्यक्षमा नवीना खर्बुजा र सहसचिवमा लक्ष्मी गारु तथा पार्षद्मा केदार खड्का, अमर भुजु, भेषबहादुर कार्की, दस्तुरमानसिंह बस्नेत, रञ्जन प्रजापति, निमेष अधिकारी, केशव नेपाल, अरुणकुमार पाण्डे, रमेशजङ्ग सिजापति, सानुमाया लामा र श्रीहरि कार्की चयन हुनुभएको बताइएको छ ।

युनियन केन्द्रले भने यसअघिको कार्य समिति अध्यक्ष केदार खड्का र सचिव प्रजापतिलाई कारबाही गरेर जिल्ला कार्य समिति भङ्ग गरी निर्वाचनका लागि युनियनका उपाध्यक्ष धु्रवराम थापालाई संयोजक तोकेको थियो । केन्द्रले कारबाही गरे पनि प्रजापतिले भने केन्द्रको कारबाही अवैधानिक भएकाले त्यसलाई मान्न नसकिने जिकिर गर्नुभयो ।

कारबाही गरिने

यता निर्वाचनका लागि संयोजक तोकिनुभएका थापाले युनियन जिल्ला शाखा भक्तपुरको अधिवेशन नभएको बताउँदै व्यक्तिगत रुपमा कुनै व्यक्तिले अधिवेशन गरे त्यो अमान्य हुन्छ, त्यसविरुद्ध केन्द्रले कारबाही गर्ला, अधिवेशन केही दिनपछि हुन्छ भन्नुभयो । नेपाली काँग्रेस भक्तपुर जिल्ला अध्यक्ष गणेशमान चक्रधरले पनि युनियन भक्तपुरको आधिकारिक रुपमा अधिवेशन भएको आफूलाई जानकारी नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “अधिवेशन भए जानकारी आउँथ्यो, अधिवेशन भएकै छैन ।”