२३ कार्तिक २०८३, सोमबार

सुनचाँदीको मूल्य घट्यो

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ असोज । साताको दोस्रो कारोबार दिन आज (सोमबार) नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ ।

लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य सोमबार भने १ सय रूपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सोमबार सुन प्रतितोला १ लाख ६० हजार ५ सय रूपैयाँ पुगेको छ । आइतबार सुन प्रतितोला १ लाख ६० हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । आइतबार प्रतितोला १९ सय ४५ रूपैयाँमा कारोबार भएको चाँदी आज ५ रूपैयाँले घटेर १९ सय ४० मूल्यमा किनबेच भइरहेको छ ।