
काठमाडौं, १२ असोज । शुक्रबारदेखि परिरहेको अविरल वर्षाका कारण काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्र २३ जनाको मृत्यु भएको छ ।
उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका एसएसपी विनोद घिमिरेकाअनुसार बाढीमा परेर काठमाडौं, ललितपुर र भक्तपुरमा गरेर २३ जनाको मृत्यु भएको हो ।
घिमिरेकाअनुसार तीन जिल्लामा गरेर ३ जना बेपत्ता छन् । ललितपुरमा हेलिकोप्टरबाट उद्दार भैइरहेको घिमिरेले बताउनुभयो ।
तीनवटै सुरक्षा निकायका सेना, प्रहरी र सशस्त्रको टोली उद्दारमा खटिएको छ । साथै, काठमाडौं महानगरपालिकालेसमेत १७ वटा टोली उद्दारमा खटाएको छ ।








प्रतिक्रिया