इस्लामाबाद, १५ असार । पूर्वी र उत्तरपश्चिमी पाकिस्तानमा मङ्गलबार बिहान सबेरै भूकम्प गएको अधिकारीले जानकारी दिएका छन् । सो भूकम्प ५.७ रेक्टर स्केलको मापन गरिएको बताइएको छ ।
सो भूकम्प स्थानीय समयाअनुसार मङ्गलबार बिहान ३ः०७ मा गएको जनाइएको छ । पाकिस्तानको मौसमविज्ञानसम्बन्धी विभाग (पीएमडि) का अनसुार सो भूकम्पको केन्द्रबिन्दु अफगानिस्तान र ताजीकिस्तानको सीमाक्षेत्रमा रहेको जनाइएको छ ।
स्थानीय टेलिभिजन च्यानल जिओकाअनुसार सो भूकम्पको कारण पूर्वी पञ्जाव, उत्तरपश्चिमी खैबर पाख्तुन्ख्वा प्रान्त र प्रान्तीय राजधानी इस्लामाबाद प्रभावित भएका छन् ।
यस भूकम्पको कारण नागरिकहरूमा त्रास उत्पन्न भएको जनाइएको छ । यद्यपि यस भूकम्पपछि मानवीय र सम्पत्ति क्षतिको भने कुनै समाचार प्राप्त नभएको अधिकारीहरूले जनाएका छन् । रासस/सिन्ह्व















प्रतिक्रिया