३० आश्विन २०८३, शुक्रबार

अवैध रक्सीको कारोबारमा शाहरुख खान !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

shrukh-cricketमुम्बई । बलिउडका बादशाह शाहरुख खान अवैध रक्सी कारोबारमा संलग्न रहेका छन् ।

फिल्म ‘रईस’मा शाहरुख एक डन व्यापारीको भुमिकामा देखिन लागेका हुन् । वर्ष २०१६ मा प्रदर्शनको तयारीमा रहेको फिल्म ईदमा प्रदर्शन हुनेछ । जहाँ सलमान खानको फिल्म पनि रिलिज हने छ । खबर अनुसार फिल्ममा शाहरुख गुजरातका एक अवैध मदिरा कारोवारी देखिनेछन् ।

उनको भुमिका गुजरातका एक पूर्व डनको अपराध जीवनमा आधारित छ । यो फिल्ममा महात्मा गांधीको गृहराज्यको कथामा छ, जहां मदिरामा प्रतिबन्ध लगाइएको थियो ।

यो फिल्ममा शाहरुखले प्रधानमन्त्री नरेन्द्र मोदीको क्षेत्र गुजरातका खराब कुरालाई समेटेका छन् । जसले गुजरातको बदनाम हुने निश्चित छ । एजेन्सी