७ कार्तिक २०८३, शनिबार

९२ हजारको कुखुराको अवैध चल्ला बरामद

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rupandahi-police

– विवेक विश्वकर्मा
भैरहवा, १५ असार । रुपन्देही प्रहरीले ९२ हजार मूल्य बराबरको कुखुराको अवैध चल्ला बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय धकधईका प्रहरी नायब निरीक्षक पूर्ण बहादुर मल्लाको नेतृत्वमा खटिएको गस्ती टोलीले भारतसंग जोडिएर रहेको पोखरभिन्डी ९ लखनौतियाबाट अवैधरुपमा भंसार छली नेपाल ल्याउदै गरेको एक लाख ९२ हजार मूल्य बराबरको कुखुराको चल्ला बरामद गरेको हो ।

बरामद गरिएको बोइलर कुखुराको चल्लाहरु पशु क्वारेन्टाईन चेक पोष्ट बेलहियाका डा.हरी बहादुर कुवार, संचारकर्मी र स्थानियवासीहरुको रोहवरमा मंगलबार नष्ट गरिएको प्रहरी नायब निरीक्षक मल्लाले बताए ।