काठमाडौं, १५ असार । एयरपोर्टबाट उडेको केही समयमै एक सैनिक विमान दुर्घटनामा परेको छ । विमान दुर्घटनामा ३० जनाको मृत्यु भएको छ ।
इन्डोनेसिया एयर फोर्सको हर्कुलस सी–१३० सैनिक विमान सुमात्रा द्वीपको मानव बस्तीमा खसेर दुर्घटना हुँदा ३० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
उक्त सैनिक जहाज इन्डोनेसियाको मेडान सहरबाट उडेको थियो । मानव वस्तीको घरमाथि जहाज खसेपछि मानिसको भागदौड मच्चिएको थियो । दुर्घटनापछि विमान आगो लागेर विस्फोट भएको थियो ।
उक्त बिमान मेडान एयरपोर्टबाट उडेको केही बेरमै खसेको थियो । विमानमा चालक दलका १२ जना सदस्यसहित अन्य सवार थिए । उक्त विमान दुर्घटनास्थलमा अहिले उद्धारकार्य जारी रहेको एयरफोर्सका प्रवक्ताले बताएका छन् । एजेन्सी















प्रतिक्रिया