२२ असार २०८३, सोमबार

अमेरिकी राजनीतिको हाम्रो बुझाई

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


-पुण्य पुण्य
डालस (अमेरिका) । तपाईँ आफ्ना छोरा वा छोरीलाई निर्धक्क भएर बाबु/नानी तिमी डोनाल्ड ट्रम्प जस्तो हुनु है वा तिमी कमला ह्यारिस जस्तो हुनु भन्न सक्ने प्रतिशत जसमा बढी पाउनु हुन्छ त्यसैलाई भोट दिनु स्वीकार्य प्रणाली हो वा सामान्य मानवीय गुण हो । हामी वा हामी जस्ता देखिने अमेरिका वा विश्वलाई निर्देशित गर्ने सेतो घरको ओभल अफिसमा गएपछि त नेपाल वा जहाँबाट आएका हौँ त्यही गए भै गो नि त भन्ने अथवा हामी सेतो देखिनेबाट मात्र शासित हुनुपर्छ भन्ने हो भने त्यसको औषधी आफ्नो आफैँ अपमानित वा कमजोर र हाम्रै क्षमताको विनाश मात्र हो । हामीले हाम्रो विवेकलाई भन्नु पर्‍यो र स्वीकार्नु पर्‍यो कि हामी पनि समान मानब र समान अमेरिकी जनता हौँ ।

हामी र हाम्रा बच्चा पनि कसैबाट शासित मात्र भएको हेर्ने हो ? कि हेर नानी/बाबु कमला ह्यारिसकी आमा भारतबाट र बुबा जमैकाबाट हामी जस्तै आएर राष्ट्रपति भइन् । ल है यो देशले छाला, वर्ण , वा तिमी, तिम्रो पुस्ता कहाँबाट आएको नहेरेर तिम्रो क्षमता लाई हेर्छ । के थाहा तिमी पनि भोलि कर्म गर्दै जाँदा त्याहाँ पुग्ने सम्भावना चै छ है भनेर भन्ने वा नभन्ने ?

अमेरिकाको मानव इतिहास एक प्रकारले हेर्ने हो भने दास प्रणालीबाट विजारोपण भएको सत्य हो । अमेरिकी प्रणालीमा नदेखिने माध्यमबाट अझ पनि त्यो भ्रुण छ तर देखिने र खुल्लम खुल्ला दासत्व समाप्त छ । यस्तो वातावरणमा आफूलाई केही न केही रूपको दास सम्झने हो भने अरु विषयमा बहस गर्नु बेकार छ । त्यसको मतलब हामी र हाम्रा बच्चा पनि कसैबाट शासित मात्र भएको हेर्ने हो ? कि हेर नानी/बाबु कमला ह्यारिसकी आमा भारतबाट र बुबा जमैकाबाट हामी जस्तै आएर राष्ट्रपति भइन् । ल है यो देशले छाला, वर्ण , वा तिमी, तिम्रो पुस्ता कहाँबाट आएको नहेरेर तिम्रो क्षमता लाई हेर्छ । के थाहा तिमी पनि भोलि कर्म गर्दै जाँदा त्याहाँ पुग्ने सम्भावना चै छ है भनेर भन्ने वा नभन्ने ? त्यो तपाईको एक भोटले निर्धारण गर्ने विषय हो । भ्यालु सेयरमा आफू्रलाई नखोज्ने र आफ्ना सम्भावनालाई त्यसको आधार नबनाउने हो भने हामी अमेरिकामा भएपनि मानसिक रुपमा तेस्रो मुलुककै जनता भएर बाँच्ने छौँ । राजनीतिक विश्लेषण र राजनीतिक शिक्षाको सामान्य आधार त्यही हो ।

मैले लेखेको एउटा लेखमा आएको कमेन्टले मलाई अझ झस्काएको छ । ‘हामी अमेरिका आएको राजनीति गर्न होइन चेतना भयाः’ यसले हाम्रो मानसिकता झन प्रष्ट भएको छ । राजनीति गर्नु अपराध हैन र कानूनले हामीलाई वञ्चित पनि गरेको छैन । यसको अर्थ हामी यहाँ काम गर्ने र गराउन ल्याइएको वा आएका दोस्रो दर्जाका मानिस हौँ । यहाँ अमेरिकी सरकार, उसका नियम लगाएतका विषयमा बहस, छलफल, आलोचना र सहभागिता हाम्रो विषय हैन । हामी मात्र डलर कमाउने र ट्याक्स बुझाउने हौँ । यो विकराल मनोरोग हो । हामी कति आफैँ दास मानसिकतामा अमेरिका आएर बाँचेका छौ भन्ने यसले प्रष्ट देखाउँछ । यहाँ हामीले राजनीति गर्न पाइँदैन भनेर न कसैले भनेको छ वा अमेरिकी समाज र कानूनले नै त्यो भन्छ । हामी र हाम्रो समाजलाई यो विकराल रोगबाट बचाउनु आजको आवश्यकता हो ।

हामी पनि कोही कमला ह्यारिस त कोही डोनाल्ड ट्रम्पलाई भोट गर्ने मानसिकतामा छौँ । सबै सँग आ–आफ्नै आधार छन् । केही आधार नेपालबाटै लिएर आएका छौं । केही आधार हाम्रा नेपाली पाराकै छन् । हिजो नेपालको राजनैतिक धरातलका आधारमा पनि यहाँ पार्टी निर्धारण गर्ने चलन छ । केही आधार व्यक्तिगत फाइदाका पनि छन् ।

अमेरिकी समाज यो बेला चुनावमय भएको छ । हाम्रो नेपाली समाज पनि अमेरिकी राजनीतिलाई बुझ्न कोशिस गर्दैछ । डिवेट हामी प्रायः सबैले हेरौं । केही व्यक्तिहरुमा हामी काम मात्र गर्न हैन यी विषयमा बुझ्नु पर्छ भन्ने मानसिकता विकास पनि भएको छ । राजनीति विचारको भिन्नता हो । हामी पनि कोही कमला ह्यारिस त कोही डोनाल्ड ट्रम्पलाई भोट गर्ने मानसिकतामा छौँ । सबै सँग आ–आफ्नै आधार छन् । केही आधार नेपालबाटै लिएर आएका छौं । केही आधार हाम्रा नेपाली पाराकै छन् । हिजो नेपालको राजनैतिक धरातलका आधारमा पनि यहाँ पार्टी निर्धारण गर्ने चलन छ । केही आधार व्यक्तिगत फाइदाका पनि छन् । ट्रम्पले जितेमा स्टक बढ्छ र पैसा कमाउन पाइन्छ भन्ने कतिको आधार छ । हामी कार्यकर्ता भएर वा त्यो प्रयोग देखेर आएकाहरूलाई त्यही बानि पनि छ कि यहाँ कसैले लहैलहैमा, कसैले आफ्नो साथिभाई त्यही पार्टीमा बढी लचक भएर वा कोही आफूलाई मन नपर्ने हाम्रै समाजको व्यक्ति एउटा पार्टीको समर्थक भयो भनेर । हिजो नेपालमा राजावादी र काँग्रेस रिपब्लिकन र कम्युनिष्टहरू डेमोक्रयाट । यो भन्दा राजनैतिक अन्ध विश्वास अरु हुनै सक्दैन । किनकी रिपब्लिकन वा डेमोक्र्याटिक पार्टी सैद्वान्तिक रूपले पुँजीवादी नै हुन् । मात्र ४/५ वटा पोलेसीमा मात्र यिनिहरूको भिन्नता छ र अर्को मनन् योग्य विषय हामी नेपाली लोजिक, ज्ञान, सूचना, तथ्यका आधारमा आफ्नो धारणा परिर्वतन त्यति सजिलै गर्दैनौँ । कि हामीमा रिस, इगो वा माथिल्लो निकाय÷व्यक्तिबाट ल अब तँ आफ्नो राजनीतिक धार वा विचार परिर्वतन गर वा मैले गरेँ तसर्थ तँ पनि गर् भनेर नअर्‍हाएसम्म गदैनौँ । हाही लोजिक र तथ्यबाट प्रभावित समाज हैन । हुकुम र प्रमानीबाट निर्देशित र शिक्षित समाज हो । तर हामी राजनैतिक सुझ भएको जस्तो चैँ मलाई लाग्दैन । राजनीतिक सुझ भनेको चुनावको एक हप्ताअघिसम्म पनि आफूले भोट गर्ने आधार उमेरद्वारमा खोजीरहनु हो ।

प्रायः हामी नेपाली समुदायलाई आजभोलि राष्ट्रपतीय डिवेट हेर्ने बानि परेको छ तर पनि हामीले अझै कार्यकर्ता भएर हेर्‍यौं । ट्रम्पले जे भने पनि, जस्तो भाषा प्रयोग गरे पनि वा कमलाले जसरी प्रस्तुत भएपनि, ऐजेण्डा बेस होस् वा आरोप बेस होस् त्यो प्रि–सेट दिमागले गलत वा सही विश्लेषण गर्दैन । हामीलाई कार्यकर्ता बन्नु पर्ने वाध्यता किन आईपऱ्यो रु किन हामी राजनीतिक तथ्यका विषयमा जानकारी लिन खोज्दैनौँ ? हुनत हामी चुनावलाई चाड मनाउने परम्पराबाट हुर्किएको भएर होला । आफ्नोपन पाउनुको मज्जा नै वेग्लै हुन्छ । मैले अमेरिकी राजनीतिलाई बुझ्न खोजेको प्रेसिडेन्ट वाराक ओवामा र मिट रोम्निबीचको डिवेटबाट हो ।

हाम्रो पहिचान चाहेर पनि नचाहेर पनि आप्रवासीकै हो । आप्रवासी समुदायभित्र हामी पनि छौं । चाहे त्यो भारतीय होस वा हैटियन होस, चाहे त्यो चाइनिज होस वा ग्वाटेमालियन नै होस् ।

नेता राजनीतिक पद मात्र हैन आदर्श व्यक्ति पनि हो । मैले त्यो डिवेटबाट राजनैतिक आचरण, भिन्न विचार तर तथ्यलाई स्वीकार्ने राजनैतिक आचरण, त्यो जोस, जाँगर र राजनैतिक मिठास पाएको थिँए । तर हिजो वा भनौँ जब ट्रम्पको अमेरिकी राजनीतिमा उदय भयो ती अमेरिकी राजनीतिक भ्यालू कता गए ? आज डिवेटका विषयमा अपशब्द बोल्ने, प्रत्यासीलाई खिसीट्युरी गर्ने, वर्ण, जात, लुक्सलाईकका आधारमा गरिने राजनीति विभाजनको विजारोपण कसले गर्‍यो ? हुनत हामी त्यही राजनितिक संस्कारबाट शिक्षित भएर आएकाहरुलाई जति खोचपेच र अपशब्द प्रयोग गर्‍यो त्यति मज्जा आउने नै भो । किनकि त्यहाँ आफ्नोपन आउँछ । तर अमेरिकामा राजनीति त्यस्तो थिएन र हामी त्यो देखेर आएका पनि हैन, त्यो हुनु पनि हुँदैन । भोट कसलाई गर्ने भन्ने विषय मान्छे, समुदाय, उसले उपनाउने दर्शन, कुन विषय उसका लागि महत्वपूर्ण छ भन्ने हुनु पर्छ । आज हाम्रो नेपाली समुदायको आधार अमेरिकी समुदायमा पहिचानको आधार नै हो ।

हामी भिन्न छौँ भन्ने हो भने त्यो दिन जुनदिन हाम्रो समुदाय अपमानित हुने अवस्था आउँदा हामी निरीह बन्छौँ । विश्वमा पहिचान नहुँदाको पीडा र पहिचान बचाउन गरिएका युद्धका साक्षी अहिलेको रसिया र युक्रेन, हमास र प्यालेष्टाइन, हिजो जर्मनीमा भएको होलोकोस्ट नाजी र जिउस विजको पहिचान निर्माण र संरक्षणको विषय थिए र छन् ।

हाम्रो पहिचान चाहेर पनि नचाहेर पनि आप्रवासीकै हो । आप्रवासी समुदायभित्र हामी पनि छौं । चाहे त्यो भारतीय होस वा हैटियन होस, चाहे त्यो चाइनिज होस वा ग्वाटेमालियन नै होस् । हिजो ट्रम्पले ओहायोमा हैटियनले कुकुर र बिरालो खाए भनेको होस् वा पहिलो चुनावमा मेक्सिकनहरू बलत्कारी, अपराधी हुन् भनेको होस् वा अफ्रिकन अमेरिकन ब्लाक जब एशियनले खाए भनेको होस् वा कोभिड–१९ चाइनीजले फैलाए भनेर न्युयोर्कमा वा क्यालिफोर्नियामा चाइनीजमा आक्रमण गर्ने विषय हुन्। ती सम्पूर्ण हकर्त आप्रवासी समुदायलाई भनिएका र गरिएका विषय हुन् । ए तिनिहरुलाई त भनिहाल्छ नि हामी त यो वा त्यो भनेर त्यस्तो हैन । हामी भिन्न छौँ भन्ने हो भने त्यो दिन जुनदिन हाम्रो समुदाय अपमानित हुने अवस्था आउँदा हामी निरीह बन्छौँ । विश्वमा पहिचान नहुँदाको पीडा र पहिचान बचाउन गरिएका युद्धका साक्षी अहिलेको रसिया र युक्रेन, हमास र प्यालेष्टाइन, हिजो जर्मनीमा भएको होलोकोस्ट नाजी र जिउस विजको पहिचान निर्माण र संरक्षणको विषय थिए र छन् । पहिचानबिनाको भुटान हाम्रा भुटानी नेपालीलाई के मतलब । पहिचानबिनाको आधुनिक जर्मनी जिउसलाई के मतलब, पहिचान बिनाको आजको युक्रेन युक्रेनीयनलाई के मतलब ? ।

भोट एउटा भोट मात्र हैन । त्यो तपाईले उम्मेदवारको ऐजेण्डा, भाषा, व्यक्तिगत जीवन, उसको जीवनशैली उसका इतिहास आदिका विषयमा सही छाप गर्ने विषय हो ।