३० आश्विन २०८३, शुक्रबार

नेपालपछि भारतमा भूकम्पको ठूलो धक्का

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhukampa-indiaकाठमाडौं, १५ असार । भारतमा मंगलबार भूकम्पको ठूलो धक्का महसुस गरिएको छ ।

नेपालमा भूकम्प आउने क्रम नरोकिरहेका बेला भारतको कश्मीर राज्यमा भूकम्पको ठूलो धक्का महसुस गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

कश्मीरको घाटीलाई केन्द्रविन्दु बनाएर मंगलबार विहान भूकम्पको कडा धक्का महसुस गरिएको अमेरिकी भौगर्भिक संस्थाले जनाएको छ । संस्थाका अनुसार कश्मीरमा गएको भूकम्पको धक्का ५ दशमलब २ रेक्टर स्केलको हो ।

खबर अनुसार भूकम्पको कडा धक्कापछि स्थानीय घर छाडेर खुला चौरमा गएका छन् । यो भूकम्पको असर पुरै कश्मीरमा परको बताइएको छ । यसअघि आइतबार भारतको आसाममा ५ दशमलब ६ रेक्टरको भूकम्पको धक्का महसुस गरिएको थियो ।