१८ कार्तिक २०८३, बुधबार

रास्वापाले उपत्यकाका कार्यकर्तालाई आकस्मिक रूपमा पार्टी कार्यालयमा बोलायो

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीले उपत्यकाका कार्यकर्तालाई आकस्मिक रूपमा पार्टी कार्यालयमा बोलाएको छ ।

सभापति रवि लामिछाने पक्राउ पर्ने आशंका गर्दै रास्वपाले उपत्यकाका कार्यकर्तालाई पार्टी कार्यालय वनस्थलीमा आउन सर्कुलर जारी गरेको हो ।

सहकारी ठगी प्रकरणमा लामिछानेलाई प्रहरीले पक्राउ गर्ने तयारी गरेको छ ।

यसअघि आजै गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन सञ्चालक पूर्वडीआइजी छविलाल जोशीलाई प्रहरीले पक्राउ गरिसकेको छ ।