मुम्बई । सेलिब्रेटीसँग फोटो खिच्ने रहर धेरैको हुन्छ । अहिले मोबाइलबाट सेल्फी खिच्ने चलन बढेपछि यो काम झनै सजिलो भएको छ । खुसुक्क सेलिब्रेटीको छेउमा पुगेर सेल्फी खिच्दै सामाजिक सञ्जालमा अपलोड गर्ने धेरै हुन्छन् । तर, बलिउड अभिनेत्री शिल्पा सेट्टीलाई भने सेल्फीले सताएको छ । प्रशंसकले सेल्फी खिचेकै कारण उनी आफ्नो खोस पनि त्याग्न बाध्य भएकी छन् ।
आमनागरिकजस्तै सपिङलाई सोख मान्ने बलिउड सेलीब्रेटी हुन् शिल्पा । बजारमा गएर रोजी छानी सामान किन्न उनलाई रमाइलो लाग्छ । तर, प्रशंसकले घेर्ने र सेल्फी खिचेर हैरान बनाएपछि उनी सपिङको लत त्याग्न बाध्य भएकी छन् । ‘मलाई सपिङको धेरै खोस छ तर अचेल बजारतिर निस्कन्नँ , अनलाइनबाटै सपिङ गर्न थालेकी छु,’ उनले भनेकी छन्,‘खराब मौसम र ट्राफिक जामसँग भिड्दै पसलपसल चहारेर कसले किनोस ? त्यसमाथि प्रशंसकले सेल्फी खिचेर हैरान लगाउँछन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।















प्रतिक्रिया