
रामेछाप, ५ असोज । रामेछापको लिखु तामाकोशी गाउँपालिका—५ भालुखोपका पहिरो पीडितलाई नेकपा (एमाले) लिखु तामाकोशी गाउँपालिका कमिटीले आर्थिक सहयोग गरेको छ ।
गाउँपालिका कमिटी अध्यक्ष केबी पौडेलको नेतृत्वमा सहयोग संकलन गरी पहिरोबाट अति प्रभावित तीन घर परिवारलाई ९ हजारका दरले २७ हजार रुपैयाँ उपलब्ध गराइएको एमाले नेता भीम तामाङले जानकारी दिनुभयो । पहिरो प्रभावित बाबुराम बुढाथोकी, मेखबहादुर बुढाथोकी र लीलाबहादुर बुढाथोकीलाई प्रतिपरिवार ९ हजारका दरले रकम प्रदान गरिएको उहाँले बताउनुभयो ।
त्यस्तै, पहिरो पीडित सोही स्थानका अन्य ७ घर परिवारलाई पनि ३ हजारका दरले आर्थिक सहयोग गरिएको पार्टी गाउँपालिका कमिटी अध्यक्ष पौडेलले बताउनुभयो । उहाँहरूलाई २१ हजार रुपैयाँ प्रदान गरिएको छ ।








प्रतिक्रिया