४ कार्तिक २०८३, बुधबार

ओलीले नेपालाई भने, ‘विधि भन्ने अनि गुटको भेला गर्ने ?’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-Oliकाठमाडौं, १५ असार । एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिले पार्टीमा देखिएको विवाद पार्टीको विधिअनुसार नै टुंगो लाग्ने बताएका छन् ।

‘केही सुनेको छु, विधिअनुसार त्यसको निराकरण हुन्छ’, सोमबार मदन भण्डारी फाउन्डेसनले मदन भण्डारीको जन्मोत्सवको अवसरमा राजधानीमा गरेको कार्यक्रममा उनले भने, ‘केही समूहले तमासा देखाउन खोजेका छन्, त्यो तमासा के हो ? किन देखाउनुपर्‍यो ?’ आजको सौर्य दैनिकले समाचार छापेको छ ।

पार्टीमा एकल निर्णय भएको भन्दै नेता माधवकुमार नेपाल समूहले ओलीको आलोचना गरिरहेका बेला उनले भने, ‘के कुरामा चित्त बुझेन, पार्टीको केन्द्रीय समिति, पोलिटब्युरो, स्थायी समितिमा आएर भन्दा हुन्छ, विधिको कुरा गर्ने अनि आफैँ गुटको भेला गर्ने हस्ताक्षर गर्दै हिँड्ने यो के तमासा हो ?’ उनले यस्ता भेला देखेर आपू छक्क परेको पनि बताए ।

ओलीले पार्टीभित्र कुनै समस्या नभएको भन्दै समस्या भए बैठक बोलाउन तयार रहेको बताए ।

ओलीले केही समूहले पार्टीभित्र भुइँचालो जान्छ भनेर के भन्न खोजेको भनेर नबुझेको बताए । उनले टिप्पणी गरे, ‘अब भुइँचालो जान्छ भन्छन्, कसले ल्याउने, कति रेक्टरको ल्याउने ?’

खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले खेलकुद परिषद्मा सदस्यसचिव नियुक्त गरेपछि एमालेभित्र विवाद आएको हो ।

मन्त्री पौडेलले मोनोपोली निर्णय गरेको बताउँदै उनले थपे, ‘पार्टीबाट मन्त्री भएकाले आपूखुसी केही गर्न पाइँदैन । मन्त्रीले मनपरी गर्न पाइँदैन ।’

एमालेले सरकार नेतृत्व गरेर के गर्छ भन्नेहरू पनि छन् भन्ने सुनेको छु भन्दै उनले थपे, ‘एमालेले देश बनाउँछ ।’

उनले सदस्यसचिव नियुक्ति प्रकरणमा मन्त्रीलाई आपूले किन गल्ती गरेको भनेर सोधेको बताउँदै थपे, ‘मन्त्रीले पनि गल्ती गरेँ भनेका छन् । अब केको कोकोहोलो ?’

कार्यक्रममा उपाध्यक्ष वामदेव गौतमले पार्टीभित्रका कमीकमाजोरी हटाउने बताए ।