
काठमाडौं, ४ असोज । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मासिक स्किमअन्तर्गत तोकिएको लक्ष्य पूरा गर्ने अभिकर्ताहरुलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृतसँग साक्षात्कारसहितको डिनर कार्यक्रम ‘मिट द सिइओ’ सम्पन्न गरेको छ ।
मधेश प्रदेशबााट योग्य भएका करिब ३० जना अभिकर्ताहरु, विभागीय प्रमुख, प्रदेश प्रमुख एवं शाखा प्रमुखहरुको सहभागितामा प्रमुख कार्यकारी अधिकृतले सहभागी सबै अभिकर्ताहरुलाई उनीहरुको लगन परिश्रमको कदर गर्दै मायाको चिनो प्रदान गरेको कम्पनीले जनाएको छ । स्किममा व्यवस्था भए अनुरुप अर्ली क्वालिफायर विजेता र सर्टिफिकेट अफ एक्सिलेन्स प्राप्त गर्न सफल अभिकर्ताहरुलाई विशेष सम्मान गरिएको थियो ।
प्रमुख कार्यकारी अधिकृतले यस कार्यक्रममा छनोट हुने सम्पूर्ण अभिकर्ताहरुलाई प्रदेशस्तरीय सम्मान गर्ने क्रममा मधेश प्रदेशबाट पहिलो सम्मान कार्यक्रम सम्पन्न गरिएको जानकारी गराए । समारोहमा प्रमुख कार्यकारी अधिकृतले अभिकर्ताहरुको हितलाई मध्येनजर गर्दै समय सान्दर्भिक योजनाहरु प्रस्तुत गर्ने क्रममा मिट द सिइओ स्किम ल्याइएको र नेपालभर बाट ३०० भन्दा बढी अभिकर्ताहरु छनोट भएको र मधेश प्रदेशबाट मात्रै ३० जना अभकिर्ताहरु छनोट हुन सफल भएकोले यो योजना अत्यन्तै सफल भएको बताए ।
कार्यक्रममा सहभागी अभिकर्ताहरुले कम्पनीका प्रमुख कार्यकारी अधिकृतसमक्ष बीमा व्यवसायमा भोगेका समस्या, गुनासा, कम्पनीले सुधार गर्नुपर्ने पक्षहरुका बारेमा विस्तृत रुपमा जानकारी गराउन पाएकोमा खुशी व्यक्त गरेका थिए ।















प्रतिक्रिया