४ कार्तिक २०८३, बुधबार

आतंकवादबाट बच्न संस्कृत भाषा उपयोगी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sanskritबैंकक, १५ असार । भारतीय विदेशमन्त्री सुषमा स्वराजले बढ्दो आतंकवादबाट बच्न संस्कृत भाषा उपयोगी हुने बताएकी छन्।

उनले बैंककमा आयोजित १६ औं विश्व संस्कृत सम्मेलनमा सम्बोधन गर्दै यस्तो जानकारी दिएको समाचार अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

भारतीय विदेशमन्त्री सुषमाले संस्कृत भाषा समृद्ध भाषा भएको र यसमा रहेको ज्ञानको प्रयोग गर्नुपर्नेमा पनि जोड दिइन्।

उनले संसारमा हाल देखापरेका जलवायु परिवर्तन, सभ्यताबीच टकराव, गरिबी, उपभोक्तावाद र आतंकवाद जस्ता समस्या समाधानान संस्कृत भाषामा रहेको विशाल ज्ञानले सहयोग पुर्‍याउने उनले दाबी गरेकी छन्।

सुषमाले भाषाको पहिचान, अनुवाद, साइबर सुरक्षा तथा कृत्रिम जासुसी सेवाका लागि सफ्टवेयर विकासमा उक्त भाषाले महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बताएकी छन्।

बृहत्तर क्षेत्रमा सहयोग पुर्‍याउने भएकाले संस्कृत भाषाको अध्ययन/अध्यापनमा जोड दिनुपर्ने बताइन्।

यसबाट उदात्त किसिमका भावना ग्रहण गरेर बाँच्न सिकाउने कला भएको उनको दाबी थियो।

यस्ता उदात्त विचार र भावना अंगीकार गर्न सके संसारलाई समुन्नत र शान्त बनाउन सकिने उनले स्पष्ट पारेकी छन्।

गत आइतबारदेखि उक्त सम्मेलन बैंककमा सुरु भएको छ। पाँच दिनसम्म चल्ने उक्त सम्मेलनमा ६० देशको सहभागिता रहेको छ।

६ सयभन्दा बढी विद्वान् विदूषी सहभागी कार्यक्रममा सुषमाले पूरै सम्बोधन संस्कृत भाषामा गरेकी थिइन्।