काठमाडौं, १४ असार । नेपालमा सोमबार मध्यराति भूकम्पका दुई वटा धक्का महसुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रंका अनुसार सिन्धुपाल्चोक केन्द्रविन्दु भएर पाँच मिनेटको फरकमा गएका दुई वटा भूकम्पको धक्का काठमाडौंमा पनि महसुस गरिएको छ ।
काठमाडौं उपत्यकाका अधिकांश भागमा लगातारको भूकम्पले हल्लाएको भूकम्प मापन केन्द्रले जनाएको छ । सिन्धुपाल्चोक केन्द्र विन्दु भएर गएको भूकम्प ४ दशमलब १ रेक्टर स्केलको हो ।
पहिलो भूकम्प ११ बजेर २७ मिनेटमा गएको थियो भने, दोस्रो भूकम्प ११ बजेर २४ मिनेटमा गएको थियो । केन्द्रका अनुसार आजै विहान रामेछाप केन्द्रविन्दु भएर पाँच रेक्टर स्केलको धक्का महसुस भएको थियो ।















प्रतिक्रिया