१० श्रावण २०८३, आइतबार

मन्त्री सिंहले गरे गणेशमान सिंहको शालिकमा माल्यार्पण

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ असोज । उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशनमान सिंहले स्व. नेता गणेशमान सिंहको शालिकमा माल्यार्पण गर्नुभएको छ ।

वि.सं २०४६ को जनआन्दोलनका कमाण्डर स्व. सिंहको २७औँ स्मृति दिवसको अवसरमा बुधबार गणेशमान सिंह फाउण्डेशनले शोभाभगवतीमा आयोजना गरेको कार्यक्रममा शालिकमा माल्यार्पण गरिएको हो ।

शालिकमा माल्यार्पण गर्दै मन्त्री सिंहले देश र जनतालाई सार्वभौम सत्ता सम्पन्न गराउनका लागि नेता सिंहको अविस्मरणीय योगदान रहेको बताउनुभयो । जनताको अधिकारको सुनिश्चितता गराउनको लागि नेता सिंहले गरेको प्रतिवद्धतालाई सबैले स्मरण गर्दै अनुसरण गर्नुपर्ने मन्त्री सिंहको भनाइ थियो ।

उहाँले भन्नुभयो, ‘उहाँको ६ दशक लामो राजनीतिक जीवनमा १५ वर्षभन्दा बढी समय जेल जीवनमा बिताउनुभयो । हरेक राजाको कार्यकालमा उहाँले जेल जीवन बिताउनुभएको हो । त्यस्तै उहाँले १५ वर्षभन्दा बढी निर्वासनमा बिताउनुभयो । देश र जनतालाई सार्वभौम सत्ता सम्पन्न गराउन, जनताको अधिकारको सुनिश्चितता गराउनको लागि उहाँको प्रतिवद्धता, समर्पणलाई आज स्मरण गर्न चाहान्छौँ । उहाँ नै एउटा यस्तो नेता हो जसले २०४६ सालको जन आन्दोलनपछि प्राप्त गरेको प्रजातन्त्र सबैको प्रयासबाट मात्र सम्भव भएको भन्दै सबैलाई समावेश गर्नुपर्छ भनेर भन्नुभयो । उहाँले कुनै वर्ग र क्षेत्रलाई मात्र नहेरी समग्र मुलुकको हित हेर्नुभएको थियो ।’

नेता सिंहको २०५४ असोज २ गते देहावसान भएको थियो ।