३० आश्विन २०८३, शुक्रबार

‘नाफाको केही प्रतिशत सामाजिक काममा लगाउनुस’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rupandahi-Cdo

– नरेश केसी

भैरहवा, १४ असार । आफूले कमाएको नाफाको केही प्रतिशत सामाजिक काममा लगाउन रुपन्देहीका नवआगन्तुक प्रमुख जिल्ला अधिकारीले व्यवसायीहरुलाई आग्रह गरेका छन् ।

२ हप्ता अगाडी रुपन्देही आएका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकालले बहुमूल्य धातु सुनचादीको कारोबार गर्ने रुपन्देहीका व्यवसायीलाई भैरहवामा सम्बोधन गर्दै व्यवसायमा भएको नाफाको केही प्रतिशत आफु भन्दा कमजोर र निम्न वर्गिय मानिसलाई सहयोग गर्दै गएमा समाजले छिट्टै फड्को मार्ने पनि बताए ।

प्रमुख जिल्ला अधिकारी ढकालले सुनचादी व्यवसायी महासंघले तयार पारेको आचार संहिता अनुसार व्यवसायीले काम गरेमा राज्यको निकायले सधैं सहयोग गर्ने पनि बताए । उनले बजार अनुगमनलाई तिब्रता दिने र चोरी नियन्त्रण गर्न सिसीटिभीको तत्काल अपडेट गर्ने पनि बताए ।

सोही अवसरमा सुनचादी व्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष प्रेम कुमार सेन्चुरीले व्यवसायीहरुले सामाजिक काममा सक्रिए भएको बताउदैं कानुनतः व्यवसाय गर्न र सुरक्षाको पुर्ण प्रत्याभुती गर्न जिल्ला सुरक्षा संयन्त्र प्रमुख समेत रहेका प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरेका थिए ।

सोही अवसरमा महासंघका केन्द्रिय सदस्य जोगलाल विश्वकर्माले सुनचादी व्यवसायीलाई राज्यले पुर्ण रुपमा सुरक्षा दिदैं सुरक्षीत गर्नुपर्ने बताए । संघका रुपन्देही बरिष्ठ उपाध्यक्ष तेज प्रसाद विकेले सुनचादी व्यसायी सम्बेदनशील व्यवसाय भएकोले राज्यको निकायले सकारात्मक दृष्टिकोणले हेर्नुपर्नेमा जोड दिए ।

जिल्ला अध्यक्ष विक्रम सुनारको अध्यक्षता सचिव रामकिसुन विकको सन्चालनमा सम्पन्न उक्त कार्यक्रममा संघका सिद्धार्थनगर शाखा अध्यक्ष प्रकाशमणि विक, बुटवल शाखा अध्यक्ष दिपक विके समेतले मन्तव्य राख्दै जिल्ला प्रशासनले कानुनतः व्यवसाय गर्ने काममा सहयोग गर्नेमा अपेक्षा लिएका थिए ।

नव आगन्तुक सिडिओलाई स्वागत गर्न संघद्वारा भैरहवामा आयोजित उक्त कार्यक्रममा जिल्ला भरिका सुनचादी व्यवसायीहरु तथा सन्चारकर्मिहरु सहित सयौंको उपस्थिती रहेको थियो ।