
बागलुङ, २९ भदौ । बागलुङको बुर्तिबाङमा घर भत्काउने क्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ ।
ढोरपाटन नगरपालिका-१ बुर्तिबाङ बजारमा घर भत्काउने क्रममा ५५ वर्षीय बेगबहादुर विकको मृत्यु भएको प्रहरीले जनाकारी दिएको छ ।
त्यस्तै, घरले पुरिएर ११ जना घाइते भएका छन् । घरले पुरिएका सबैको उद्धार गरी बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया