३० आश्विन २०८३, शुक्रबार

राहत बाँड्न कहाँ कहाँ पुगे ‘नक्कली’ बाबुराम ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jyoti-kafle.jpg1

काठमाडौं, १४ असार । भूकम्पपछि नेपालीको मुहारमा चैन छैन । चाहे कलाकार हुन, चाहे नेता, सर्बसाधरण नै किन नहुन् । हाँस्य खुराक पस्कीएर जनतालाई पेट मिचीमिची हँसाउनेहरुले पनि हँसाउन पाएका छैनन् । बरु भूकम्प पीडितलाई राहत बाँड्न गाउँ गाउँमा पुगेका छन् ।

नक्कली बाबुरामको नामले ख्याति कमाएका कलाकार ज्योति काफ्ले पनि दर्शकलाई हँसाउन छाडेर गाउँ गाउँमा राहत बाँड्न हिँडे ।

उनी राहत बितरण गर्नका लागि धादिङ, काभ्रे र चितवनमा पुगे । त्यहाँ पुगेर कुनै कार्यक्रम गरेनन्, भोको पेट बसेकालाई विस्कुट, चाउचाउ, चिउरा दिए । ओत नभएकालाई त्रिपाल दिए, ओछ्यान नपाएकालाई ब्लाङ्केट ओडाए ।

jyoti-kafle

लायन्स क्लव अफ काठमाडौं नौलो विहानीको माध्ययमबाट ज्योति राहत वितरण गर्न पुगेका हुन् । ज्योति उक्त क्लबको उपाध्यक्ष रहेका छन् ।

उनीहरुले धादिङको डाँडाँखर्क, काभ्रेको होक्सेमा ३० घरलाई पुग्ने त्रिपाल र ब्लाङ्केट बितरण गरे । शुरुका दिनमा भने चिउरा, चाउचाउ, बिस्कुट लगायतका खाद्य सामग्री बितरण गरेको क्लवका अध्यक्ष गणेशप्रसाद सुवेदीले बताए ।

क्षेत्री समाज चितवनले आयोजना गरेको कार्यक्रमबाट संकलित दुुई लाख रुपैयाँ समते ज्योतिले आफ्नै पहलमा भूकम्प पीडितका लागि खर्च गरे । ज्योतिले दुई लाख वरावरको सामग्री खरिद गरी आफ्नै पहलमा चेपाङ संरक्षण क्षेत्र रत्ननगरका चेपाङ बस्तीलाई उपलब्ध गराएको बताए । उक्त बस्तीको पुनःनिर्माणको लागि आफुहरु लागिपरेको पनि ज्योतिले उल्लेख गरे ।

उनीहरुले काठमाडौंको बसन्तपुर, झोँछे, न्यूरोड लगायतका क्षेत्रमा माक्स पनि वितरण गरेका थिए । आफुहरुको सहयोग अभियान नसकिएको र दाताहरुसँग परामर्श गरी आगामी दिनमा अगाडि बढ्ने ज्योतिको भनाई छ ।

असारको शुरुवातसँगै ज्योतिले अर्को अभियान थालेका छन् । विद्यालयमा जाने र विद्यार्थीहरुलाई मनोरञ्जन प्रदान गरी विद्यार्थीको भूकम्पीय डर हटाउने । उनको यो अभियान निरन्तर जारी छ ।