३० आश्विन २०८३, शुक्रबार

मोडल टिकाको हेराईमा भुतुक्कै आकाश (हेर्नुस फोटोहरु)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Aaksh-tika-1– सुशिल नेपाल

बुटवल । हिजोआज बुटवललाई मोडलिङ्गको उर्वर भुमिका रुपमा चिन्न थालिसकिएको छ । यहि क्षेत्रबाट कयौँ युवायुवती मोडलिङ्गको दुनियाँमा सुनौलो भविष्य खोज्दै पाइला अगाडि बढाइरहेका छन् ।

विशेष त म्युजिक भिडियो मोडलिङ्गमा प्रवेश गर्ने ढोकाका रुपमा मानिन्छ । यस क्षेत्रमा कयौँ म्युजिक भिडियो निर्माण हुन्छन त ति भिडियोमा कयौँ नयाँ नयाँ अनुहार भित्रिन्छन । पछिल्लो समयमा नयाँ अनुहार मध्येमा चर्चा कमाउने अनुहार हो, आकाश पन्थ र टिका सेञ्चुरी । कुशल सञ्चारकर्मी थिए आकाश । लोमो समय सञ्चारमाध्यममा आबद्ध रहेका आकाशको रुची भने मोडलिङमा थियो ।

त्यसैले आफनो रुचीलाई आत्मसाथ गर्दै उनी स्वयंको आधुनिक एल्वम ‘उनको याद’ मा रहेको ‘स्वार्थी रैछ तिम्रो माया मैले जानिन’ बाट मोडलिङ्गमा उदाए उनी । उनले विभिन्न चलचित्र तथा त्यसलगतै केहि भिडियोमा आफनो कला देखाइसकेका छन् ।

टिका पनि  मेडिकल लाइनमा आवद्ध छिन तर मोडलिङ्ग प्रतिको रुचीले उनलार्इृ  मोडलिङ तिर आकर्षण गर्यो र भविष्यकै सपना बुनिदियो । त्यसैले त प्रेम नेपालीको  ‘बोल है सानु बोल्नु नै पर्छ’ बाट मोडलिङमा उदाईन उनी । टिका मेडिकलसंगै मोडलिङ्गलाई  संगसंगै अगाडि बढाउने सोँचमा रहेको बताउँछिन् ।

उनले पनि त्यसलगतै छोटो समयमै ४ वटा म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन । भविष्यमा राम्रो कलाकार बन्ने सपना बोकेका यी दुवै राम्रो अभिनय गर्छन् ।  गुल्मीका आकाश र बुटवलकी टिकाका केहि फोटोहरु हेरौँ ।

Aaksh-tika  Aaksh-tika-2

Tika-senturi-3