
काठमाडौं, २७ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न चार मुलुकका नवनियुक्त गैरआवासीय राजदूतले आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा बिहीबार आयोजित छुट्टाछुट्टै विशेष समारोहमा नेपालका लागि म्यानमारका आवसीय राजदूत म्यो मिन्ट माउङ, अष्ट्रेलियाका आवसीय राजदूत लीन एलिजाबेथजोनस्टन ,फ्रान्सका आवसीय राजदूत भर्जिनिया फसल र जाम्बियाका गैरआवसीय राजदुत पर्सी प्यासन चन्दले ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको हो ।
समारोहमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूसमेतको उपस्थिति रहेको थियो ।
नवनियुक्त राजदूतहरूलाई काठमाडौंस्थित होटल डुसिट प्रिन्सेसदेखि राष्ट्रपति भवनसम्म रिसल्ला सहितको बग्गीमा सवार गराइएको थियो ।












प्रतिक्रिया