३२ असार २०८३, बिहिबार

कांग्रेसलाई सांसद झाको प्रश्न : भुटानी शरणार्थी बनाउँदा नेपालको शीर किन झुकेन ?

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ भदौ । रास्वपा सांसद मनिष झाले उपसभामुख इन्दिरा रानाको पत्रलाई राजनीतिक दलहरूले वार्गेनिङ प्वाइन्ट बनाएको भन्दै आपत्ति जनाउनुभएको छ ।

बुधबारको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै उहाँले नेपाली कांग्रेसले उपसभामुख रानाको कारण नेपालीको शीर झुकेको भन्ने अभिव्यक्तिमा आपत्ति जनाउनुभएको हो ।

झाले भन्नुभयो, ‘उहाँलाई पूर्ण ज्ञान नभएर हस्ताक्षर गर्नुभयो । १९ महिनापछि वार्गेनिङको लेटर प्वाइन्ट बनाइँदैछ‚ नेपाली कांग्रेसले शीर झुक्यो भनेछ । नेपालको शिर त्यसबेला किन झुकेन भुटानी शरणार्थी बनाउँदा ? जब एउटा मन्त्रीले ट्याक्स नतिर्दा किन झुकेन शीर ?’