३० आश्विन २०८३, शुक्रबार

सम्बन्धै नभएको समाचारमा फोटो राखेर चरित्र हत्या गरियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

news photo mina saud 0

– दीपक ओली

धनगढी, १४ असार । विभिन्न अनलाईनहरुले सार्वजनिकरुपमा सम्बन्ध नै नभएको समाचारसँग आफ्नो फोटो पनि प्रकाशित गरी चरित्र हत्या गरिएको यहाँकी एक किशोरीले बताएकी छन् ।

शनिबार नेपाल चौतारी डट कम, ताजाखबर लगायतका अनलाईनमा राजन गिरीको ‘श्रीमतीलाई नर्सिङ् पढाउन ११ वर्ष मलेसियामा घोटिए, नर्स बनेपछि पोइल गइन्’ प्रकाशित समाचारमा कैलाली लम्की–चुहाकी मीना साउँदको फोटो राखेर चरित्र हत्या गरिएको हो ।

फोटो सहित प्रकाशित समाचारमा भोजपुर जिल्ला भूल्के ५ घर भई हाल विराटनगर ४ मा डेरा गरी बस्दै आएको बताउने राजन गिरीले आफ्नी श्रीमती सुमित्रा गिरीलाई मलेसियामा दुख गरेर पैसा कमाएर नर्सिङ् पढाए तर सुमित्रा नर्स भएपछि पोइल गएको बताएका छन् ।

नेपाल चौतारी डट कम, ताजाखबर लगायतका अनलाईनमा समाचारका साथसाथै राजनको  सँगै मीनाको फोटो पनि राखिएको छ । राजनकी पोइल गएकी श्रीमती सुमित्रा भनेर राखिएको मीनाको फोटो फरक परेको भन्दै फेसबुकमा भाइरल समेत भएको छ ।

news photo mina saud 1पीडित मीनाले फेसबुकमा आफू गाउँको सोझी केटी तथा अविवाहित र रोपाइँको चटारोले खेतीपातीमा ब्यस्त रहेकी भन्दै आफ्नो फोटो प्रकाशित गरेकोमा विरोध जनाएकी छन् ।

मीनाले भनेकी छन् –‘मेरो बारे प्रकाशित समाचारको लिंक मेरो फेसबुकको इनबक्समा साथीहरुले म्यासेज पठाएपछि छाँगाबाट खसे झै भए । समाचारकी पात्र सुमित्राको एकपटक विहे भएर पनि दोस्रो पटक भागेको खुल्न आएको छ । नेपाल चौतारी डट कम लगायतका वाहियात अनलाईनले मेरो र अपरिचित मानिसको फोटो  सहितको समाचार छापेको देख्दा एकछिन हाँसो लाग्यो । तर, त्यसमा नाम सुमित्रा र ठाउँ मोरङ छ । मेरो नाम मीना साउँद हो । घर कैलालीको चुहा । मेरो फोटो राखेर फेसबुक र अनलाईनमा गलत समाचार लेख्नेलाई के गर्नुपर्ला ?’

समाचार एक, फोटो अर्कैको राखेर अर्काको चरित्र हत्या गर्नेको पहिचान गरी कारवाही गर्न मीनाले माग गरेकी छन् । मीना समाचारसहित फोटो प्रकाशित भएपछि मानसिक पीडामा रहेको परिवारजनले बताएका छन् ।

ख्यालै नगरि अर्काको चरित्र हत्या गर्नेलाई हदैसम्म कारवाही हुनुपर्ने पीडित मीनाको माग छ । आफूले कसैलाई फोटो पनि नदिएको र त्यसबारे कुनै कुरा पनि नभएको पीडित मीनाको भनाई छ । उनले केहि महिना पहिले आफूले फेसबुक वालमा राखेको फोटो समाचार सँगै प्रकाशित भएको बताइन् ।

यस घटनाबारे जिल्ला प्रहरी कार्यालय कैलालीमा सम्पर्क गर्दा आफूसँग त्यसबारे पत्ता लगाउने विधि तथा जनशक्ती नभएकाले पीडितले प्रहरीको केन्द्रीय अनुसन्धान विभाग (सीआइबी) सँग सम्पर्क गर्नुपर्ने बताए ।