४ कार्तिक २०८३, बुधबार

ट्राफिक प्रहरी महाशाखामा डिएसपीले पुरुष प्रहरीलाई आधाघण्टासम्म यसरी बलत्कार गरे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Traffic-Police-Nepalकाठमाडौं, १४ असार । बालिका र किशोरी बलात्कार भएका घटना त प्राय दैनिक नै संचारमाध्यममा आउने गरेका छन् ।

पुरुषले महिलालाई बलात्कार गरेको घटनामात्रै प्रकाशमा आउने गरेको समाचार साँघु साप्ताहिकले समाचार छापेको छ ।

तर पुरुषबाट पुरुष नै बलात्कारको शिकार भएको एक घटनाले महानगरीय ट्राफिक प्रहरी महाशाखाभित्र निकै चर्चा पाएको छ ।

घटना २०७२ वैशाख १२ गतेको विनाशाकरी भूकम्प गएको केही दिनपछिको हो ।

महाशाखामा भर्खरै सरुवा भएका तराईका आदिवासी समुदायका एक प्रहरी जवान राति ९ बजे मुद्धा शाखामै एक डिएसपीको बलात्कारको शिकार भएका हुन् ।

स्रोतका अनुसार मदिराले मदहोस् भएका ती डिएसपीले सिमाहीलाई आधा घन्टासम्म समलैगिक बलात्कार गरेको खुल्न आएको छ ।

मदिरामा लठ्ठ भएका आफनै पुरुष हाकिमको बलात्कारको शिकार भएका ती जवानले महाशाखा प्रमुख सुबेदार मेजर धर्मेन्द्र रावतलसँग रुदै गुनासो गरे ।

इन्सपेक्टर खेम आचार्यदेखि कृष्ण थापाको रनर बसेका उनले उनीहरुदुवैसँग पनि आफूमाथि भएको अत्याचार सुनाए ।