४ कार्तिक २०८३, बुधबार

संविधान आउने भएपछि मधेस केन्द्रित दलहरू साइजमा आए !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Laxman Lal Karnaकाठमाडौं, १४ असार । सोह्रबुँदे सहमतिसँग असन्तुष्ट मधेस केन्द्रित दलहरूले प्रस्तावित संविधानका धाराहरूमा असहमति राखेर भए पनि प्रक्रियामा सहभागी हुने संकेत गरेका छन् ।

सोह्रबुँदेको विरोधमा तीव्र प्रतिक्रिया दिएका उनीहरूले आवश्यक परे संविधानसभा नै त्याग्ने बताएको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।

तर त्यसपछि लगातार बसेका संविधानसभा समितिहरूमा उनीहरूले असहमति राख्दै भए पनि सहभागिता जनाइरहेका छन् ।

सोमबार बस्ने संविधानसभामा पनि आफूहरूको सोही भूमिका रहने उनीहरूले संकेत गरे ।

मस्यौदा समितिको शनिबारको बैठकमा मधेस केन्द्रित असन्तुष्ट दलहरूले फरक धारणासहित भाग लिएका थिए ।

प्रदेशसभाको अधिकार केन्द्रबाट नियन्त्रित हुने गरी मस्यौदामा प्रस्ताव ल्याइएको, अन्तर्राष्ट्रिय सम्बन्ध निर्माणमा प्रदेशसभाले भूमिका पाउनुपर्नेलगायत फरक मत पेस गरेका थिए ।

‘आगामी बैठकहरूका लागि सम्पूर्ण रणनीति बनाइसकेका छैनौं, तर तत्कालै सभा बहिष्कार गर्नेबारे छलफल भएको छैन’, समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवले आइतबार भने, ‘हामीलाई प्रक्रियाबाट गलहत्याउने, औचित्यविहीन बनाउने प्रयास गरिएमात्रै बाहिर आउने हो । नत्र प्रक्रियाभित्रै रहेर विरोध जनाउँदै अघि बढ्छौं ।’