
काठमाडौं, २२ भदौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेवार समुदायले देशको राजनीतिक परिवर्तनका लागि ऐतिहासिक भूमिका खेलेको बताउनुभएको छ ।
ललितपुर महानगरपालिका वडा नम्बर २१ खोकनामा लागेको नेवारी समुदायको मौलिक र ऐतिहासिक पर्व रुद्रायणी देवीको १२ वर्षे मेला समापनका अवसरमा बोल्दै अध्यक्ष प्रचण्डले देशको आर्थिक विकास, सामजिक सद्भाव, संस्कृतिको संरक्षणको क्षेत्रमा पनि नेवार समुदायले ठूलो भूमिका खेलेको बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘देशको आर्थिक विकास, सामाजिक सद्भाव तथा संस्कृतिको संरक्षणको क्षेत्रमा मात्र नभएर नेवार समुदायले देशको राजनीतिक परिवर्तनका लागी पनि ऐतिहासिक भूमिका निर्वाह गर्दै आएको कुरा ईतिहासमा स्वर्णिम अक्षरहरुमा लेखिसकिएको छ ।’ साथै, उहाँले १० वर्षको जनयुद्ध र १९ दिनको ऐतिहासिक जनआन्दोलनमा नेवार समुदायले गरेको योगदान अविस्मरणिय रहेको बताउनुभयो ।
उहाँले सुशासन, सामाजिक न्याय समृद्धि हुँदै नेपाली जनताले देखेको समाजवाद निर्माणको सपना पूरा गर्न नेवार समुदायले ऐतिहासिक र निर्णायक भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।








प्रतिक्रिया