काठमाडौं, २५ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीले नयाँ अध्यक्षमा पशुपति शम्शेर राणालाई चयन गरेको छ ।
चावहिलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज बसेको बैठकले राणालाई अध्यक्षमा मनोनीत गरेको हो । सहप्रवक्ता किरण गिरीका अनुसार राणाले आजै देखि अधयक्षको जिम्मेवारी सम्हाल्ने छन् ।
एक सय सात सदस्सीय केन्द्रीय कार्यसमितिमा ८१ जना सदस्यको बैठकमा सहभागिता रहेको थियो । बैठकमा २६ केन्द्रीय सदस्य अनुपस्थित थिए ।
बैठकको सुरुमै अध्यक्ष सूर्यबहादुर थापाले आफ्नो राजीनामा पेस गरेका थिए । उनको राजीनामा बैठकले स्वीकृति गरेको गिरीले बताए । लगत्तै बैठकमा राणाको नाम अध्यक्षमा प्रस्ताव भएको थियो ।
अनुपस्थित हुने केन्द्रीय सदस्यहरूमा स्वघोषित अध्यक्ष लोकेन्द्रबहादुर चन्द पक्ष छन् । चन्द पक्षले बैठक अबैधानिक रहेको भन्दै अनुपस्थित भएको प्रक्रिया दिएको छ ।















प्रतिक्रिया