२४ कार्तिक २०८३, मंगलबार

त्रिविको ५०औँ दीक्षान्त समारोहका लागि आवेदन आह्वान

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० भदौ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले ५०औँ दीक्षान्त समारोहमा भाग लिनका लागि आवेदन आह्वान गरेको छ ।

सेमेस्टर तथा वार्षिक परीक्षा प्रणालीअनुसार स्नातक, स्नातकोत्तर तह तथा एमफिल तह उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरूलाई आवेदन फाराम भर्न आह्वान गरिएको हो । २०५० असार १ गतेदेखि २०८१ जेठ ३२ गतेसम्म ट्रान्सक्रिप्ट लिएका विद्यार्थीहरू र सोही अवधि भित्र विद्यावारिधि (पिएचडी) तह पूरा गर्नेहरूलाई फाराम भर्न भनेको हो ।

आवेदन फाराम आज (भाद्र २०) गते देखि असोज २३ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सकिने छ । असोज २४ गतेदेखि अनलाइन आवेदन फाराम बन्द हुनेछ ।