डोल्पा, २५ जेठ । डोल्पाको सु गाविसस्थित श
निबार राति ११ बजे चारवटा घरमा चोरी भएको छ ।
चोरी हुने सुकाहस्त घरलाको घरबाट रु ७५ हजार, सोही गाउँकै डिल्ली घरलाको घरबाट रु दुई लाख, सुन्दर गुरुको घरबाट रु २९ हजार र सोही गाउँकै भक्तबहादुर केसीको घरबाट पसलको सामान र नगद चोरी भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ । प्रहरीले सोही गाउँका शङ्कास्पद चन्दबहादुर घरलालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।
यसैगरी अस्थायी प्रहरी चौकी कालागौडाबाट आधा घन्टा टाढा पर्ने जुफाल गाविसको डाँगीवाडामा छ घर चोरी भएका छन् चोरी हुने घरमा पन्त डाँगी, रोशन कार्की, यक्षकुमार डाँगी, विश्वचन्द डाँगी, कर्ण बुढा र रामचन्द्र डाँगीको घर चोरी भएको छ ।
गाउँका सबै मानिस यार्सागुम्बा टिप्न हिमाली पाटनमा गएको अवस्थामा चोरी भएकाले के कति चोरी भएको हो थाहा नभएको अस्थायी प्रहरी चौकी कालगैडाले जनाएको छ ।














प्रतिक्रिया