सउल । वैदेशिक रोजगारीका लागि कोरिया पुगेका एक नेपालीको मृत्यु भएको छ ।
फलामको साङलोमा बेरिएको अवस्थामा मकवानपुर घर भएका सचिन श्रेष्ठ शनिवार मृत भेटिएको कोरियामासँगै बस्दै आएका उनका साथी लालबहादुर महराले जानकारी दिए ।
काम गर्ने कम्पनीको मेसिनको हस्टमा भएको फलामको साङलोमा बेरिएको अवस्थामा सचिन मृत भेटिएको महराले बताए । महराका अनुसार ६ वर्षदेखि कोरियामा रोजगारी गरिरहेका सचिन केही दिनदेखि तनावमा थिए ।
सचिन कार्यरत कम्पनीमा दुई जना नेपाली मात्रै कार्यरत छन् । घटनाको स्थानीय प्रहरीले अनुसन्धान गरिरहेको एनआरएनए कोरियाका अध्यक्ष बिनोद कुवँरले जानकारी दिएका छन् । सचिनले एक वर्षअघि मात्रै नेपाल फर्केर विहे गरेका थिए । रोजगारीका दोस्रो पटक कोरिया पुगेका उनी शनिवार मृत भेटिए ।















प्रतिक्रिया