१९ कार्तिक २०८३, बिहिबार

भोजपुरमा कार्यालयभित्रै झुण्डिएको अवस्थामा भेटिए गाविस सचिव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhojpur-mapभोजपुर, १३ असार । भोजपुरमा एक गाविस सचिव मृत अवस्थामा फेला परेका छन् ।

मोरङ घर भएका भोजपुरको धोद्लेखानी गाविसका सचिव गोपाल चिमरिया शनिबार बिहान गाविस कार्यालयभित्रै झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । सचिव चिमरियालाई सेवा लिन गाविस पुगेका स्थानीयले झुण्डिएको अवस्थामा फेला पारेका थिए ।

शुक्रबार दिउँसो १ बजेतिर गाविसको कामका लागि हिँडेका चिमरिया बेलुका कोठामा नफर्किएपछि शनिवार बिहान खोजी गर्दा कार्यालयभित्रै झुण्डिएको अवस्थामा फेला परेको गाविसका कार्यालय सहयोगी सिताराम ढकालले जानकारी दिनुभयो ।

गाविस सचिव झुण्डिएको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा मानेभन्ज्याङ्ग प्रहरी चौकीको टोलीले अनुसन्धान प्रक्रिया अगाडि बढाएाको छ ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार घटना शंकास्पद रहेको छ । यद्यपी घटनाको कारण खुल्न सकेको छैन् । सचिव चिमरिया करिब ६ महिनाअघि नयाँ नियुक्तिसँगै निजामति सेवामा प्रवेश गरेका थिए ।