१९ असार २०८३, शुक्रबार

प्रधानमन्त्रीद्वारा जननेता भण्डारीको प्रतिमा अनावरण

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ भदौ । प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले जननेता मदनकुमार भण्डारीको अर्धकदको प्रतिमाको आज अनावरण गर्नुभएको छ ।

ललितपुर, च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा निर्माण गरिएको प्रतिमाको एमालेको सचिवालय बैठक अघि उक्त अनावरण भएको हो ।
अनावरण कार्यक्रममा पार्टीका शीर्ष नेताहरू सहभागी हुनुहुन्थ्यो ।

कलाकार लालकाजी लामाले उक्त प्रतिमा निर्माण गर्नुभएको हो ।