४ कार्तिक २०८३, बुधबार

कांग्रेस-एमाले कार्यकर्ताबीच झडप, दिउँसै चार राउन्ड गोली चल्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pestol-attackरौतहट, १३ असार । बाटोको विषयलाई लिएर नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप हुँदा शुक्रबार डेढ दर्जन बढी घाइते भएका छन् ।

स्थानीय पिपरिया परोहा गाविसको कोपवाटोलमा नेपाली कांग्रेस समर्थित मोहिचन राय यादव र एमाले पक्षका सुब्बा राय यादवबीच झडप भएको हो । शुक्रबार बेलुका कांग्रेस पक्षका मोहिचन खेत जोतेर घर फर्कंदा हलोले सुब्बाको पोखरीको डिल भत्काइदिएको भन्दै विवाद सुरु भएको थियो ।

वादविवाद बढ्दै जाँदा बेलुका सात बजे झडप सुरु भएको थियो । झडपमा चार राउन्ड गोलीसमेत चलेको छ । झडप तीव्र हुँदै गएपछि सदरमुकाम गौरलगायत आसपासबाट ठूलो संख्यामा सशस्त्र र नेपाल प्रहरी परिचालन गरी स्थिति नियन्त्रणमा लिइएको थियो । आजको नागरिक दैनिकमा खबर छ ।