
काठमाडौं, १३ भदौ । नेकपा (एकीकृत समाजवादी) पार्टीले पोलिटब्युरो सदस्य चयनका लागि गरेको निर्वाचनको परिणाम आएको छ ।
पदाधिकारीको परिणाम बुधबार आएको थियो भने पोलिटब्युरो सदस्यको परिणाम पनि आज आएको छ । प्राप्त मतपरिणामअनुसार विरोध खतिवडाले सबैभन्दा बढी २०१ मत प्राप्त गरेर विजयी हुनुभएको छ ।
त्यस्तै, जीवनराम श्रेष्ठ १९५, रमा आलेमगरले १९४ र रामकुमारी झाँक्रीले १८२ मत पाएर विजयी हुनुभएको छ ।
८४ जना विजयी हुँदा सबैभन्दा कम मत १०७ ल्याउने पाँच जना रहेका छन् ।













प्रतिक्रिया