१९ कार्तिक २०८३, बिहिबार

नेपालको पूर्वी क्षेत्रमा भूकम्पको ठूलो धक्का

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Earth-quake-aasam

मोरङ, १३ असार । नेपालको पूर्वी क्षेत्रमा आईतबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ ।

बिहान ६ः५० बजे भारतको आसाम तथा भुटानको थिम्पु दक्षिण केन्द्र बिन्दु बनाएर ५ दशमलब ८ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का पूर्वका मोरङसहित, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, सुनसरी, धनकुटा लगायतका जिल्लाहरुमा महसुस गरिएको थियो ।उक्त भूकम्पको करिब ३० सेकेण्डसम्म कम्पन भएको बताइएको छ ।

भूकम्पबाट भएको क्षतिको विबरण अहिलेसम्म प्राप्त भएको छैन् । भूकम्पको धक्कापछि स्थानीयहरु घर छाडेर बाहिर खुला चौरमा गएको मोरङबाट पत्रकार सुमन घिमिरेले जनाएका छन् ।

Earth-quake-aasam