काठमाडौं, १३ असार । संविधान निर्माणबारे प्रमुख चार दलबीच भएको १६ बुँदे सहमतिले दुई माओवादीको एकता प्रक्रिया विथोलिएको छ ।
पटकपटकको छलफलपछि पार्टी एकताको नजिक पुगेका एमाओवादी र नेकपा–माओवादी फेरि टाढिएका छन् ।
संयुक्त वार्ता समिति बनाएर उनीहरुले एकताका लागि एजेन्डामाथि छलफल थालिसकेको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।
तर, १६ बुँदे सहमतिले एकताको कोर्ष कम्तीमा पनि नयाँ संविधानको टुंगो नलागेसम्मका लागि टरेको दुवै पार्टीका नेताहरुको बुझाइ छ ।
नेकपा-माओवादी अध्यक्ष मोहन वैद्य किरणले पत्रकार सम्मेलन नै गरेर एमाओवादीसँग एकता प्रक्रिया भाँडिएको घोषणा नै गरिसकेका छन् ।















प्रतिक्रिया