३० आश्विन २०८३, शुक्रबार

सलमानलाई पछाडि पार्ने पूनम पाण्डेको यो कस्तो जादु ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

poonam-pandey-1

मुम्बई । बलिउड अभिनेत्री तथा मोडल पूनम पाण्डे फिल्मी क्षेत्रमा खासै परिचित छैनन् तर उनलाई हलुका रुपमा पनि लिन सकिदैन् भर्खरै उनले एउटा अनौठो कमाल गरेकी छिन् । उनले सलमान खानलाई पछाडि पार्दै अघि बढेकी छिन् ।

भारतमा भर्खरै अन्तर्राष्ट्रिय योग दिवस भन्दा पहिला पूनमले आफ्नै स्टाइलमा योगा गरेको एक भिडियो पोस्ट गरेकी थिईन् । यू-ट्यूबमा त्यो भिडियोले सलमानलाई पछाडि पार्‍यो । पूनम यो भिडियोमा आफ्नो हट योग आसन गर्न लागेको अवस्थामा देखिएकी थिईन् ।

यद्यपी पूनमको यो खास भिडियो सलमान खानको आगामी फिल्म ‘बजरंगी भाईजान’को ट्रेलरका लागि मंहगो सावित भएको छ । पूनम पाण्डेले यू-ट्यूबमा १८ जूनमा आफ्नै तरिकाको हट योगको भिडियो अपलोड गरेकी थिईन्, जसमा उनी आफैपनि सम्भोग आशनमा बसेर योग अभ्‍यास गरिरहेकी थिईन् ।

पूनम पाण्डेको हट योगासनलाई ३ दिनमा ११ लाख र ६ दिनमा १० लाख हिट्स मिल्यो । जबकि बजरंगी भाईजानको ट्रेलरलाई अहिलेसम्म ११ लाख १९ हजार ७२० जनाले हेरेका छन् । पूनम पाण्डेको यो भिडियोलाई यू-टयूबमा अहिलेसम्म २४ लाखले हेरेका छन् ।

‘बजरंगी भाईजान’सँग भिड्न्तमा हेर्ने हो भने पूनम कैयौ गुणा अगाडि छिन् । सलमान खानको ट्रेलरलाई ३ दिनमा सात लाखले हेरेका थिए । जबकि ६ दिनमा फिल्मको ट्रेलरलाई हेर्नको संख्या ९.६४ लाख थियो । तर, सुरुआती ६ दिनमा पूनमको भिडियोलाई १० लाखले हेरेका थिए । सलमानलाई पछाडि पार्न पूनम पाण्डेको हट जवानीले भरिएको योग आशन नै प्रमुख कारण हो । एजेन्सी

हेर्नुस पूनम पाण्डेको हट योगा आशनको भिडियो :

https://www.youtube.com/watch?v=2xDxoIDKDlI