२४ कार्तिक २०८३, मंगलबार

महिलामाथि दुर्व्यवहार हुनु भनेको समाजका लागि दुर्भाग्य : मन्त्री साह

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ भदौ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले अहिले पनि महिलामाथि दुर्व्यवहार हुने गरेकाले त्यो समाजका लागि दुर्भाग्य हुने बताउनुभएको छ ।

शुक्रबार महिला समुत्थान परियोजनाको वार्षिक समिक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सुडीले हाम्रो समाजमा अहिले पनि महिलाहरुले लैङ्गिक भेदभाव र घरेलु हिंसाको शिकार हुनुपरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपालको संविधानले हरेक नागरिकहरुलाई स्वतन्त्रताको हक दिएको छ । सम्मानपूर्वक बाँच्न पाउने हक दिएको छ । महिलाको हक दिएको छ । महिलाहरुको हक र अधिकारको रक्षा, सम्बद्र्धन र प्रवद्र्धन गर्न राष्ट्रिय प्रयासहरु भइरहेका छन् । हाम्रो समाजमा लैङ्गिक भेदभाव, घरेलु हिंसा, दुव्र्यवहारका घटना भैइरहेका छन् । यस्तो हुनु सभ्य समाजका लागि दुर्भाग्य हो ।’

साथै, उहाँले लैङ्गिक भेदभाव हटाउनसबै एकजुट हुन जरुरी रहेको बताउनुभयो । उहाँले राष्ट्र विकासको नाममा सामाजिक मुद्दाहरुमा विविधता देखिएको जिकिर गर्नुभयो ।

यस्तै, मन्त्री सुडीले कानूनमा भएका व्यवस्थाअनुसार महिला बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुको सरकारले सुनिश्चितता गर्नुपर्ने बताउनुभएको छ ।