३० आश्विन २०८३, शुक्रबार

लुम्बिनी पर्यटन प्रवद्र्धन टोली अमलटारीमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

tourist-area

– नरेश केसी
अमलटारी, १२ असार । लुम्बिनी क्षेत्र पर्यटन प्रबद्र्धन विकास समिति सहितको ३ जिल्लाको टोली पर्यटकीय क्षेत्र अमलटारीमा पुगेको छ ।

नवलपरासी जिल्लाको कावासोति नगरपालिका वडा नं १५ बाघखोरमा पर्ने अमलटारी मध्यवर्ति होम स्टेमा पुगेको हो । नवलपरासी, कपिलवस्तु र रुपन्देहीका गरी ६९ जनाको टोली शुक्रबार होम स्टेमा पुगेको हो । लुम्बिनी क्षेत्र पर्यटन प्रबद्र्धन विकास समितीका अध्यक्ष तुलसी प्रसाद चौधरीको नेतृत्वमा गएको टोलीले ०६५ साल अगाडी र अहिले सो क्षेत्रका जनताको जीवन शैलीमा आएको परिवर्तनको बारेमा गहत अध्ययन गरेका थिए ।

अध्ययन टोलीलाई होम स्टे सन्चालक समितिका अध्यक्ष प्रेम शंकर मदिनी थारुले होम स्टे सन्चालन सम्बन्धमा अभिमुखीकरण तालिमको सहजीकरण गरेका थिए । अध्यक्ष थारुले सहजीकरण गर्दै केही वर्ष अगाडी पुर्णतया परनिर्भर शैलीमा जीवन यापन गर्दै आएका थारु, बोटे र मुसहर जातिका अमलटारीका स्थानीय बासिन्दाको जीवन शैली फेरिनुको रहस्यको बारेमा प्रशिक्षित गरेका थिए । सो क्षेत्रका थारु समुदायहरु पहिले सधैं अर्काकोमा ज्याला मजदुरी गर्ने तथा त्यतिकै समय व्यतित गर्ने गरेकोमा हाल होम स्टे सन्चालन गरेर मनग्य आर्जन गरेको पनि बताए ।

सहजीकरण तालिममा बोल्दै लुम्बिनी क्षेत्र पर्यटन प्रबद्र्धन विकास समितिका अध्यक्ष तुलसी प्रसाद चौधरीले पर्यापर्यटनले मात्रै मुलुकको अनुहार फेर्ने हुदां लुम्बिनीलाई केन्द्र विन्दु बनाएर रुपन्देही, कपिलवस्तु र नवलपरासीका जनताले होम स्टे सन्चालन गर्नुपर्नेमा जोड दिए । अध्यक्ष चौधरीले आन्तरिक पर्यटक प्रबद्र्धनमा विशेष ध्यान दिर्दै आफुहरुको टोली यहां आएको र यहांको सिकाई कपिलवस्तु र रुपन्देहीका विभिन्न गाउँमा प्रयोग गर्न सहभागीलाई निर्देशन समेत दिए ।

तालिमलाई सम्बोधन गर्दै पर्यटन कार्यालय भैरहवाका प्रमुख ख्याम बहादुर थापाले अमलटारी होम स्टेको कारण केही वर्ष पहिले विपन्न भनेर परिचित भएका स्थानियहरु अहिले पुर्णतया सम्पन्न हुदैं गएको तर्क गर्दै होम स्टे सञ्चालनको लागि आफूले जस्तो सुकै सहयोग गर्न पनि तयार भएको बताए । प्रमुख थापाले सामुदायीक होम स्टे सन्चालनको लागी कम्तिमा ५ वटा मापदण्ड पुगेको घरको लालपुर्जा, गाविस वा नपाको सिफारिश सहित कार्यलयमा आए निशुल्कः दर्ता गरिदिने पनि बताए ।

सैनामैनामा होम स्टे खुल्ने

अमलटारीको होम स्टे अवलोकन तथा अध्ययन गर्न गएका स्थानिय बासिन्दाले रुपन्देहीको सैनामैना नगरपालिकाको उचडीया टोलमा होम स्टे सन्चालन हुने भएको छ ।

होम स्टे सम्बन्धि अभिमुखीकरण तालिम लिए पश्चात त्यहांका थारु समुदायले होम स्टे सन्चालन गर्ने तयारी गरेको पर्यटन कार्यलय भैरहवाले जनाएकोछ ।“ स्थानियले इच्छा जाहेर गरी होम स्टे सन्चालन गर्न देखाएको तत्परतालाई हामीले सहयोग गर्छौ । त्यसैकोलागी तालिममा सैनामैनाका स्थानियलाई प्राथमिकता राखी सहभागी गराएका हौ” पर्यटन प्रमुख ख्याम बहादुर थापाले भने । सैनमैनामा होम स्टे सन्चालन भएमा लुम्बिनीलाई प्रमुख पर्यटकीय केन्द्र विन्दु बनाएर जाने स्थानियले बताए ।