२४ कार्तिक २०८३, मंगलबार

झापामा कटुवा पेस्तोलसहित एक जना पक्राउ

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, ५ भदौ । झापाको अर्जुनधारा नगरपालिका-४ दहिझोडामा प्रहरीले कटुवा पेस्तोलसहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाकाअनुसार मंगलबार राति ६२ वर्षीय इन्द्रबहादुर आङ्देम्बेलाई नियन्त्रणमा लिइएको हो ।

घरमा अवैध हातहतियार लुकाइराखेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनी विर्तामोडबाट खटिएको टोलीले आङ्देम्बेलाई पक्राउ गरेको हो ।

प्रहरीले आङ्देम्बेलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान गरिरहेको जनाएको छ ।